राजनीति

सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने अवरोध अन्त्यको माग

फागुन ३, २०७५

    धनगढी : सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा सदस्यले भारतीय पक्षबाट सीमा क्षेत्रमा हुने अवरोध अन्त्यको माग गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकको विशेष समयमा बोल्ने सांसदहरूले भारतीय पक्षबाट हस्तक्षेप हुने गरेको बताउँदै त्यसको समाधानको पहल गर्न आग्रह गरेका हुन्।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा सांसद बिरामान चौधरीले कैलालीको कैलारी गाउँपालिकानजिक दशगजामा भारतीय पक्षले ड्याम लगाएको भन्दै प्रदेश सरकारलाई जानकारी गराएका थिए। नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय पक्षले ड्याम बनाउँदा करिब ८६ घर डुबानमा पर्ने उनले बताए। ‘भारतीय पक्षले करिब २ किलोमिटर ड्याम खनेको छ। कसैको नजर पुगेको छैन’ सांसद चौधरीले भने, 'यस्तै अवस्था रहने हो भने करिब ८६ घर परिवार डुबानमा पर्ने देखिन्छ।’

    प्रदेश सभा बैठकमा प्रदेश सरकारको काम कारबाहीको समेत प्रतिपक्षी दलले आलोचना गरेका थिए। विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक टेकबहादुर रैका आउँजीले प्रदेश सरकारले जनतालाई राहत हुने काम गर्न नसकेको बताए। उनले भने,‘मञ्चमा सरकार एकदमै अगाडि छ। तर काममा एकदमै पछाडि छ।’

    प्रदेश सरकारले भाषण गरेको तर काम नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।विशेष समयमा बोल्ने प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राखेका थिए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले ऊर्जामा नागरिकरको सहभागिता हुने कार्यक्रम प्रदेशमा पनि लागू गर्नुपर्ने बताए। ‘सुदूरपश्चिममा ऊर्जाको ठूलो सम्भावना छ’ तामाङले भने,'कार्यक्रम अब प्रदेशमा पनि लागू हुनुपर्छ।'

    शुक्रबारको बैठकमा ‘सुदूरपश्चिम प्रदेशमा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गरिएको विधेयक २०७५’ मा सामान्य छलफल गरिएको थियो। विधेयकमा सत्तारुढ दलका महेशदत्त जोशी, बलदेब रेग्मी र हर्कबहादुर कुँवरले धारण राखेका थिए। विधेयका विषयमा प्रदेश सभा सदस्यहरूले उठाएको विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जवाफ दिएका थिए।

    शुक्रबारको बैठकमार्फत ‘सुदूरपश्चिम प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ दफावार छलफलको लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ। प्रदेश सभाको अर्को बैठक आगामी माघ ५ गते आह्वान गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]