राजनीति

मुख्यमन्त्री शाहीले कोरेको विकासको खाका (पूर्णपाठ)

फागुन ३, २०७५

    सुर्खेत : कर्णाली सरकारले आफ्नो १ वर्षे प्रगति विवरण आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित कर्णाली प्रदेश सरकार प्रथम वर्ष संक्षिप्त वार्षिक प्रगति विवरण सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको प्रगति विवरण प्रस्तुत गरेका हुन्।

    १ वर्षे अवधिमा कर्णाली सरकारले योजना निर्माण, छलफल र बैठकलाई नै महत्वका साथ प्रस्तुत गरेको छ। मुख्यमन्त्री शाहीले प्रतिकूल परिस्थितिमा पनि सरकारले सन्तोषजनक काम गरेको दाबी गरेका छन्।

    यो अवधिमा कर्णाली सरकारले मित्र राष्ट्र चीनसँगको सहकार्यमा  कर्णाली प्रदेशको रणनीतिक महत्वको सुर्खेत जमुनाह हिल्सासडक निर्माणको पक्रियालाई थालनी गरेको बताएको छ। यसका साथै कर्णाली प्रदेश योजना आयोग गठन, आवाधिक योजना तर्जुमाको काम अघि बढाइएको जस्ता कामलाई सरकारले उपलब्धिका रुपमा प्रस्तुत गरेको छ।

    अन्तरप्रदेश परिषद्, राष्ट्रिय वित्त परिषद, प्रदेश समन्वय परिषदको छलफल, प्रदेश सरकार अन्र्तगत १०८ ओटा सांगठनिक संरचना निर्माण गरेकोले सोहीबमोजिम अब कार्यान्वयनमा जाने मुख्यमन्त्री शाहीले बताए। ‘संघीयता नौलो भएकोले सरकारले थप अनुभव र ऊर्जा प्राप्त गरेको र सरकार दूरगामी सोचका साथ अगाडि बढेको छ,’ मुख्यमन्त्री शाहीले भने ‘अहिले प्रदेश सरकारले कर्णाली प्रदेशको विकासको खाका कोरेको छ।’

    प्रदेश समन्यवय परिषदमा बसेको बैठकलाई सरकारले प्रगति विवरणमा सार्वजनिक गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा कानुन निर्माण, सरकारको संगठन संरचना तथा जनशक्तिको व्यवस्थापन, बजेट नीति तथा कार्यक्रम, कर्णाली पर्यटन वर्ष तथा वातावरण संरक्षणका कार्यलाई उपलब्धीका रुपमा व्याख्या गरिएको छ।

    यसैगरी पूर्वाधार निर्माणमा जमुनाह कोहलपुर हिल्सा सडकको सर्भे तथा पूर्वा संभाव्यता अध्ययन तथा सडक बनाउने घोषणालाई पनि प्रगतिका रुपमा लिइएको छ। यसैगरी प्राकृतिक विपद्मा प्रदेश सरकारले गरेको राहत, उद्दार तथा सामाजिक विकास, आन्तरिक मामिला तथा क्षमता विकास, सुशासन तथा प्रदेश राजपत्र प्रकाशन, विद्यालय तथा क्याप्पसको भौतिक पूर्वाधार निर्माण तथा सुधार, सुत्केरी हुन नसकी १४ जना महिलाको एयर लिफ्टिङ गरी ज्यान बचाएको कुरालाई पनि सरकारको प्रगतिका रुपमा लिइएको छ।

    यसैगरी भूमि व्यवस्था, कृषि र सहकारीको क्षेत्रमा भवन निर्माण, पशु पालन प्रवर्दन कार्यक्रमलाई पनि प्रगतिमा राखिएको छ। यसैगरी दक्ष जनशक्तिको अभावमा पनि अहिले योजना निर्माण र प्रदेशको खाका कोर्ने काम गरिएको र विकासको आधार तयार पारिएको प्रदेश सरकारको मुख्य उपलब्धिका रूपमा लिइएको छ।

    कर्णाली सरकारले सार्वजनिक गरेको प्रगति विवरणको पूर्णपाठ:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]