काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
काठमाडौं । व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिष सम्बद्ध संस्थाहरूले आह्वान गरेका छन्। विश्व ज्योतिष महासंघ, दक्षिण एशियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्ले संयुक्तरूपमा गठन गरेको अनुगमन समितिले एक वक्तव्य जारी गर्दै सो आग्रह गरेको हो।
ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख नभएका तथा पुराना ज्यातिषको अनुभवभन्दा फरक किसिमले फलादेशबारे प्रचार-प्रसार गरिएको पाइएको अनुगमन समिति संयोजक एवं वाल्मीकि विद्यापीठ ज्योतिष विषयका उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले बताए।
यस्तो विज्ञापन केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत फैलिएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिबाट जोगिन सर्वसाधारणलाई सुझाव दिनाका साथै शास्त्रीय मर्यादाविपरीत प्रचार–प्रसार गरी जनतालाई भ्रममा पार्न खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनसमेत समितिले सरकारसँग माग गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।