छापा

प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको तयारी

फागुन ५, २०७५

    काठमाडौं : सरकारले रिक्त रहेको प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउने प्रधानमन्त्री सकारात्मक रहनुभएको बताए।

    निर्वाचन गराउनका लािग स्थानीय तह र निर्वाचनसँग सम्बन्धित कतिपय ऐनहरु संशोधनको प्रक्रियामा छन्। कतिपय ऐन प्रतिनिधिसभाबाट पारित भएका छन् भने राष्ट्रियसभाबाट पारित हुन बाँकी छन्। निर्वाचन आयोग एनेका केही दफा पनि संशोधनको प्रक्रियामा रहेको समाचार गोरखापत्र दैनिकमा छ।

    अब हुने उपनिर्वाचन छिटोमा आगामी नयाँ वर्षको बैशाखको अन्त्यसम्म हुने सम्भावना छ। निर्वाचनसँग सम्बन्धित ऐनहरु संशोधन भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]