कैलाली : चारदिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। कैलालीको लम्की&ndash...
काठमाडौं : बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट करिब ३० किलो अवैध लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका ७ का ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय इन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन्।
प्रदेश ५ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आलुसँग मिसाएर बोरामा लुकाइछिपाई ल्याएको अवस्थामा ३० किलो चरेशसहित उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।