समाज : सुरक्षा/अपराध

तीन हजार चल्ला नियन्त्रणमा

फागुन ६, २०७५

    काठमाडौं : देशभरी सोमबार विभिन्न आपराधिक घटना भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार  कोहलपुर नगरपालिका ३ मदन चोकबाट  भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका तीन हजार बढी कुखुराका चल्लासहित दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट भन्सार छली साइकलमा ल्याउँदै गरेकाे कुखुराका चल्लासहित भारत रुपैडिया बस्ने ललन सिद्धिकी र अमिन सिद्धिकिलाई पक्राउ गरेको हो।

    यसरी चितवन खैरहनी नगरपालिका १ ज्यामिरेका ३२ वर्षीय विकाश श्रेष्ठ खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। खैरहनी नगरपालिका ५ गौचरणमा बसिरहेका बेला श्रेष्ठलाई नम्बर नखुलेको मोटरसाइकल र स्कुटरमा आएका चार जना अपरिचित व्याक्तिले खुकुरी प्रहार गरेका हुन्। उनीहरूको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]