काठमाडौँ : बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश दिए पनि धरौटी रकम नबुझाउँदा द...
काठमाडौं : अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र बुझाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका निखिल पराजुली रहेका छन्।
पराजुलीलाई अमेरिकाले लिँदै आएको 'डाइभर्रसिटी' भिषा (डिभी) परेको र अमेरिका जान अमेरिकन दूतावासमा नक्कली शैक्षिक प्रमाण पत्र बुझाएको पाइएपछि उनी पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
पराजुलीलाई महाशाखाको टोलीको मंलबार महाराजगंजबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।