विज्ञान प्रविधि

किचकबध मेला पार्किङकाे नाममा मनपरी शुल्क

फागुन ७, २०७५

    भद्रपुर, (झापा) : धार्मिक मेलामा भक्तजन तथा सवारी धनीबाट पार्किङको नाम मनपरी शुल्क उठाएको पाइएको छ। माघे शुल्क पूर्णिमा अर्थात स्वास्थानी व्रतका दिन लाग्ने किचकबध मेलामा राखिएको पार्किङ स्थलमा सवारी साधनबाट चर्को शुल्क उठाएपछि भक्तजनले आपत्ति जनाए।

    किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समितिले मेलामा आउने भक्तजनको सवारीसाधनलाई व्यवस्थित गर्न पार्किङ ठेक्का लगाएको थियो। समितिले पार्किङको ठेक्का त्यहाँका स्थानीय युवालाई दिएको बुझिएको छ। समितिले यसबर्ष चारपांग्रेबाट २५० देखि ३००, तीन पांग्रे (अटोरिक्सा र सिटी सफारी) बाट २००, मोटरसाइकलबाट १०० र साइकलबाट २० रुपैयाँ रकम तोकेको थियो। समितिले तोकेको रकम अनुसार नै युवाले धम्कीपूर्ण भाषामा सवारी साधनबाट रकम असुल्न थालेपछि भक्तजन आक्रोसित भएका थिए। गत वर्ष मोटरसाइकलको पार्किङ शुल्क ५० र तीन पांग्रेको शुल्क १०० तोकेको थियो। 

    यसवर्ष सो शुल्कमा सय प्रतिशत वृद्धि गरेपछि समितिले पार्किङको नाममा ब्रम्हलुट मचाएको भक्तजन राम राजवंशीले गुनासो पोखे। ‘किचकवध मेलामा भक्तजन लिएर गएका थियौ’, सिटी सफारी चालक दुर्गेस माझीले भने, ‘३०० को भाडा लिएर गएकोमा २०० पार्किङ शुल्क मागेपछि आफू आश्चर्य परे।’ 

    २०० पार्किङ शुल्क दिन सक्दैनौ भनेपछि पार्किङमा रहेका युवासँग केही बेर विवाद भएको उनले सुनाए। भद्रपुरबाट ५० रुपैयाँमा अटो वा रिक्सामै मेलास्थल जान सकिन्छ, अभिषेक प्रधानले भने, 'मोटरसाइकलमा गएर उल्टै घाटा भयो। तेल पनि डढियो र १०० पनि तिर्नु पर्‍याे। बरु अटोमै जाँदा राम्रो हुन्थ्यो।' धार्मिक मेलामा समितिले मनपरी शुल्क तोक्नु नियमसंगत र व्यवहारिक नभएको उनको गुनासो छ। ‘५० रुपैयाँ लिनुसम्म ठिक हो। आउँदो वर्ष यसलाई सच्याउनुपर्छ', उनले थपे।

    यता किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समिति सचिव मदन कँडेलका अनुसार समितिको निर्णय बमोजिम नै पार्किङमा शुल्क वृद्धि गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]