काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लंघन र दुर्व्यवहारका घटना धेरै हुने गरेको पाइएको छ। गत वर्ष देशभरि १२० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ।
गत वर्ष मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा पाँच हजार ११० जना पीडित भएका छन्। ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औंल्याएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लंघनसम्बन्धी दुई हजार ८२४ र बाल अधिकारसम्बन्धी एक हजार २४८ घटना भएको उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।