अर्थ

फेरि बढ्यो अण्डाको मूल्य

फागुन १०, २०७५

    चितवन : अण्डाको मूल्य फेरि बढेको छ। शुक्रबार बसेको मूल्य निर्धारण तथा बजार अनुगमन समितिको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो। शनिबारबाट लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँ बढाइएको अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कंडेलले जानकारी दिए। बैठक नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालय चितवनमा बसेको थियो।

    अब अण्डा उत्पादक किसानले प्रतिक्रेट २६५ रुपैयाँ पाउने भएका छन्। यसअघि समितिले प्रतिक्रेट १५ रुपैयाँ बढाएको थियो। मूल्य बढाउन माग गर्दै अण्डा उत्पादक किसान आन्दोलनमा उत्रिएपछि अण्डाको मूल्य क्रमिक रूपमा बढाउने निर्णय गरेअनुरूप शुक्रबार फेरि बढाइएको अध्यक्ष कंडेलले बताए।

    कुखुरालाई दिइने दानाको मूल्य बढेपछि अण्डा उत्पादक किसान मूल्य बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका थिए।

    यसअघि देशैभरका व्यावसायिक अण्डा उत्पादक किसान र सप्लायर्सका प्रतिनिधि सम्मिलित मूल्य निर्धारण तथा बजार अनुगमन समिति गठन गरेको थियो। समितिले बजारको अनुगमन गर्ने, अण्डाको माग र सप्लाईको अवस्थाको अध्ययन गरी मूल्य समायोजन गर्ने गर्दछ। समितिले समय-समयमा आवश्यकता अनुसार मूल्य थप घट गर्ने अध्यक्ष कंडेलको भनाइ छ। समितिमा सुनसरी, झापा, दाङ, कैलाली, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनलगायत देशैभरका व्यावसायिक किसान तथा सप्लायर्सको प्रतिनिधित्व रहेको छ।

    पोल्टी क्षेत्रमा देशभर ठूला-साना गरी करीब ७ हजार अण्डा उत्पाक किसान रहेको संघले जनाएको छ। हरेक दिन ३५ लाख गोटा अण्डा उत्पादन हुनेगरेको संघका अध्यक्ष कंडलले बताए। जसको ५० प्रतिशत उत्पादन भने चितवनमा मात्रै हुनेगरेको छ। चितवनमा ठूला साना गरी २५ सय अण्डा उत्पादक किसान रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]