काठमाडौं : कोपा अमेरिकाको समूह विभाजन गरिएको छ। यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल ...
सोलुखुम्बु : प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ। शनिबार सोलुखुम्बुको दोर्पुबजारमा सम्मन्न प्रतियोगितामा ओखलढुंगालाई पराजित गर्दै संखुवासभाले उपाधि चुमेको हो।
शनिबार नै भएको खेलमा सुनसरीलाई हराउँदै सोलुखुम्बु तृतीय भएको छ। प्रतियोगितामा प्रदेश १ को १४ वटै जिल्लाका महिला भलिबल टिमको सहभागिता रहेको थियो। यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुल प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको हो। आठौँ राष्ट्रिय प्रतियोगिताको भलिबलतर्फ सहभागी हुन प्रदेश १ बाट १२ जना महिला भलिबल खेलाडी छनोट भएका छन्।
छनौट हुनेमा शारदा गजमेर (सखुंवासभा), समिता गजमेर (सखुंवासभा), तारा श्रेष्ठ(ओखलढुगा), सावित्रा राई (ओखलढुगा), निशा राई (सोलुखुम्बु) र पदमकुमारी राई (सोलुखुम्बु) रहेका छन्। यस्तै, लावती लिम्बु (सुनसरी), अनुस्का चौधरी (सुनसरी), अन्जली लिम्बु (मोरङ), सुनिता राई (भोजपुर), तेजकुमारी (झापा) र समिका सार्की (झापा) छनोट भएका छन्।
छनोट भएका खेलाडीहरुले नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिबी रानापालले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।