समाज

एक वर्षदेखि कार्यालय सहयोगीको भरमा पशु सेवा कार्यालय

फागुन १२, २०७५

    सल्यान : जिल्लाको एक पशु सेवा कार्यालय विगत एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको छ। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ५ च्युरामा रहेको पशु सेवा कार्यालय विगत एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको हो। 

    कार्यालय सहयोगी खिमेबहादुर चन्दले एक वर्षदेखि प्राविधिक बनेर औषधि तथा पशु चौपायको उपचार गर्दै आइरहेका छन्। पशु प्राविधिक सरुवा भएर अन्यत्र गएपछि नयाँ कर्मचारी नआउदा आफुले प्राविधिकको रुपमा काम गर्दै आइरहेको चन्दले बताए। उनले भने एउटा त यहाँ कर्मचारी नै आउन मान्दैनन् आए पनि नगरपालिकाको शाखा कार्यालयमा बस्ने गर्छन् यतातिर आउनै आउँदैनन्।

    नगरपालिकाको कार्यालय र पशु सेवा कार्यालय टाढा भएको पनि नगरपालिकामा आएका कर्मचारीले पशु सेवा कार्यालयसम्म आउन समस्या मान्ने गरेको चन्दले बताए। दैनिक रुपमा १० देखि १५ जनासम्म सेवाग्राही पशु सेवा कार्यालयमा आउने गरेको र तीनलाई आफूले औषधि दिने गरेको उनको भनाई छ। आफू पशु सेवा प्राविधिक नभए पनि अनुभवका आधारमा औषधि दिँदै आइरहेको उनको भनाई छ। 

    आठ महिनादेखि तलव भत्ता पाउनबाट वञ्चित

    विगत पाँच वर्षदेखि करारमा काम गर्दै आइरहेका चन्दले भने विगत ८ महिनादेखि तलव भत्ता समेत पाउन सकेका छैनन्। तत्कालिन जिल्ला पशु कार्यालय कार्यालयबाट करारमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आइरहेका चन्द कार्यालय खारेजीसँगै तलवभत्ताबाट वञ्चित भएका छन्। उनले भने विगत एकवर्षदेखि प्राविधिक बनेर तलवविना नै काम गर्दै आइरहेको छु।

    प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भनाई फरक फरक भएकाले झनै समस्या भएको उनले बताए। नगर प्रमुख गोविन्द पुनले संघले करारमा राखिएका कर्मचारी हटाउनु भनी परिपत्र पत्र गरेका समस्या भएको बताए। आफ्नै आन्तरिक स्रोतबाट तलव खुवाउछौं भन्दा पनि संघले नमाने पछि करारमा काम गर्दै आइरहेका कर्मचारीलाई समायोजन गर्न समस्या भएको बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]