समाज : सुरक्षा/अपराध

हत्या अभियोगमा भक्तपुरबाट चार युवा पक्राउ

फागुन १२, २०७५

    भक्तपुर : सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई हाल आदर्श बस्ने २६ वर्षीय निकेश भुजुको हत्या गरेको अभियोगमा आइतबार चारजनालाई प्रहरीले पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका–८ बस्ने २५ वर्षीय सुमन बाला, हापुर गाउँपालिका–४ बस्ने १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ ट्याङथली घर भई हाल चाँगुनारायण नगरपालिका –९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २१  वर्षीय सुकु भन्ने राज बनमालालाई पक्राउ गरेको हो।

    शनिबार बिहान ९ बजे ४ वर्षको छोरासहित बा.५च ६४२१ नम्बरको निलो मारूती गाडी बनाउन भनी घरबाट हिँडेका निकेशको फोन सम्पर्क हुन नसकेपछि शनिबार नै श्रीमती सृजना भुजुले प्रहरीकहाँ दिएको मौखिक उजुरीका आधारमा खोजतलास गर्दै जाँदा भक्तपुर–८ लिवालीतर्फ भागेको देखिएकाले सो गाडीको पिछा गर्दै जाँदा

    निकेशको छोरालाई छाडी भागेको र गाडीभित्र हेर्दा निकेश अचेत अवस्थामा रहेकाले तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकद्वारा मृत घोषित गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]