स्वास्थ्य

प्रदेश १ का ३६ स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण हुने

फागुन १३, २०७५

    सोलुखुम्बु : प्रदेश १ को १४ जिल्लामा १५ शय्याका ३६ अस्पताल निर्माण हुने भएको छ। संघीय सरकारले बिहीबार विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेअनुरूप प्रदेश १ मा ३६ वटा अस्पताल निर्माण हुने भएको हो।

    देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एव‌ं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

    प्रवक्ता श्रेष्ठकाअनुसार प्रदेश एकको १४ जिल्लामध्ये सबैभन्दा बढी झापा र मोरङमा पाँच\पाँच वटा अस्पताल बन्ने भएको छ भने सबैभन्दा कम उदयपुर र ओखलढुंगामा रहेको एक एक वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल निर्माण गर्ने निर्णय गरिएको छ।

    यस्तै संखुवासभा र झापामा रहेको चार\चार वटा, भोजपुर र सुनसरीमा रहेको तीन\तीन वटा, इलाम, सोलुखुम्बु, तेह्रथुम, धनकुटा र खोटाङ्गमा सचालित दुई\दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले गरेको निर्णय अनुसार सोलुखुम्बुको सोताङ र सल्यान प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, उदयुपुरको चौदण्डीगढी नगरपालिकामा र ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा सञ्चालित प्राथमिक स्वास्थ्यचौकीको स्तरोन्नति हुने भएको छ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार पहिलो आधार वर्षमा २ सय १३ स्वास्थ्य संस्थालाई स्तरोन्तति गर्ने नीतिगत निर्णय भएको मन्त्रालयले जनाएको छ।

    प्रवक्ता श्रेष्ठका अनुसार उक्त कार्यका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लगानी रहने छ। प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्रअधिकार भित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई १५ र २५ शय्यामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए।

    अहिलेसम्म देशभरका एक सय नौ स्थानीय तहमा अस्पताल छन् भने ६ सय ४० स्थानमा अस्पताल निर्माण गर्नुपर्ने अवस्थामा छ। १५ शय्याको अस्पताल निर्माण कार्य सम्पन्न गर्न तथा कार्यप्रगतिका आधारमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन सम्पन्न गर्न  ७५ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]