समाज

सूनसान हुलाक कार्यालय, आउन छाडे सेवाग्राही

फागुन १४, २०७५

    पर्वत : केही वर्षअघि चिठी बोकेर घरको दैलोमा पुग्ने हुलाकीहरु पछिल्लो समय देख्न छाडिएको छ। हुलाकीसँगै चिट्ठी पनि मुस्किल हुँदै गएको छ। चिठी पठाउने र चिठी बुझ्न जानेहरुका कारण घुइाचो हुने हुलाक कार्यलयहरु सूनसान छन्।

    गाउँगाउँसम्म बिस्तर भएको इन्टरनेट सुविधाका कारण नै हुलाकी र चिट्ठी देख्न छाडिएको हो। प्रविधिको प्रयोग बढेसँगै हुलाकमार्पmत आउने चिठी पाउन कम भएको जिल्ला हुलाक कार्यालय पर्वतका निमित्त प्रमुख गोपाल अधिकारीले बताए। ‘पछिल्लो समय सरकारी कार्यालयका चिट्ठीहरु मात्र आउने र जाने गरेको छ,’ उनले भने, ‘सर्वसाधरणले चिठी पठाउन नै आउँदैनन्।’ व्यक्तिगत चिट्ठी घट्दै गए पनि सरकारी चिठीपत्र तथा पार्सल, डाँक सेवा भने चलिरहेको छ। अहिले सबैभन्दा बढी स्थानीय तहका चिट्ठीको आदानप्रदान बढी हुने गरेको छ।

    पर्वतमा रहेका ११ वटा इलाका हुलाक तथा ४३ ओटा अतिरिक्त हुलाक कार्यालयमा सरकारी चिठिपत्रहरुको मात्र कारोबार भैरहेको छ। जिल्लाभरि स्थायी र करार गरेर २०० जनाभन्दा बढी कर्मचारी जिल्ला हुलाकअन्र्तगत रहेका छन्। तर, हुलाक सेवा लिनेहरु नभएका कारण हुलाकमा कार्यरत कर्मचारीहरुको दिनचर्या कतिपयको कार्यालय रुँगेर बित्ने गरेको छ। 

    स्थानीय तहको निर्वाचनअघि सूनसान रहेका हुलाक कार्यालयहरु जनप्रतिनिाधि आएपछि केही चहलपहल बढेको छ। जिल्ल समन्वय समिति, प्रशासन, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई, नगरपालिका, गाउँपालिकाहरुले एक अर्कालाई पठाउने पत्रहरुको संख्या भने बढ्दै गएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]