राजनीति

४९ हजार ५ सय भारतीय अण्डा नष्ट

फागुन १४, २०७५

    चितवनः भारतबाट अवैध रुपमा ल्याइएको ४९ हजार ५ सय कुखुराको अण्डा नष्ट गरीएको छ। चितवनको भरतपुर महानगरपालीका ५ सिताराम चोकमा रहेको मिलन ह्याचरीको १९ हजार ५ सय र परासीको बर्दघाटमा रहेको त्रिवेणी संगम ह्याचरीको ३० हजार अण्डा नष्ट गरीएको नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए। 

    अवैध रुपमा अण्डा ल्याएको सुचनाको आधारमा मिलन ह्याचरी र त्रिवेणी संगम ह्याचरीको फर्ममानै पुगरे नष्ट गरिएको पौडेलले बताए । 
    पौडेलका अनुसार अण्डा ह्याचरसेटमा राखिएकै अवस्थाबाट नष्ट गरिएको हो । हिजो फर्मबाटै ४० हजार अण्डा नष्ट गरीएकोमा आज ९ हजार ५ सय अवैध अण्डा ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएर नष्ट गरीएको उपाध्यक्ष पौडलले बताए। ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष पौडेल लगायत केन्द्रीय र जिल्ला पदाधिकारीको टोली तथा जिल्ला पसु विज्ञान केन्द्र क्वारेन्टाइनका प्रतिनीधिले नष्ट गरेका हुन्।

    नेपालमा २ सय १५ ह्याचरी उद्योग रहेको संघले जनाएको छ। ती उद्योगहरुबाट हप्तामा १० देखि १२ लाखसम्म बोईलर कुखुराको चल्ला र २ लाखको हाराहारीमा लेयर्स उत्पादन हुनेगरेको पौडेलले बताए। चितवनमा मात्रै १०० भन्दा बढी उद्योग रहेको छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]