खेलकुद

फुलह्यामले रेनरीलाई हटायो

फागुन १७, २०७५

    प्रिमियर लिग क्लब फुलह्यामले प्रशिक्षक क्लाउडियो रेनरीलाई बर्खास्त गरेको छ। एकसमय लेस्टर सिटीलाई सनसनीपूर्ण प्रिमियर लिग दिलाएका रेनरी फुलह्यामलाई रेलिगेसन जोनभन्दा माथि उठाउन असफल भएपछि १०६ दिनमा नै क्लबले बर्खास्त गर्‍यो।

    क्लबले अस्थायी रूपमा स्काट पार्करलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। इटालियन प्रशिक्षकले गत बुधबार साउथह्याम्टनसँग २–० को हार व्यहोरेका थिए। फुलह्याम जारी सिजन खराब प्रदर्शनको सिकार भइरहेको छ। स्लासिभसा जोकनोविक बर्खास्तगीमा परेपछि क्लबले प्रिमियर लिग विजेता लेस्टर सिटीका पूर्व प्रशिक्षकलाई टिमको जिम्मेवारी सुिम्पएको थियो।

    ६७ वर्षीय प्रशिक्षकले १७ खेलमा मात्र तीन जित निकाल्न सफल भए। पहिलो खेलमा साउथह्याम्टनलाई पराजित गरे पनि त्यसपछि लगातार ११ खेलमा उनी पराजित भए। क्लबको प्रमुख साहिद खानले भने, क्लाउडियो निकै कठिन बाटो हिडेका छन्। उनले पछिल्लो आठ खेलमा मात्र एक अंक जोडेका छन्। प्रशिक्षकको रूपमा उनले आफ्नो पहिलो आठ खेलमा ९ अंकको अग्रता दिन सफल भएका थिए।

    सन् २०१६ मा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि जिताएका रेनरी अर्को सिजन खराब प्रदर्शन गर्दा ९ महिनापछिनै बर्खास्तमा परेका थिए। उनी फुलह्याम समाल्न आउँदा क्लब ५ अंकसहित पुछारमा थियो। उसले १२ खेलमा मात्र ५ अंक जोडेको थियो। उनी पछि क्लब अहिले पुछारबाट दोस्रो स्थानमा रहेको छ। उसको २८ खेलबाट १७ अंक मात्र बनाएको छ। लिगमा अब धेरै खेल बाँकी नरहँदा फुलह्यामलाई रेलिगेसनको डर बढ्दै गएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]