अर्थ

कृषिका लागि आवश्यक बजेट व्यवस्था गर्न स्थानीय तहलाई अर्थमन्त्रीको आग्रह

फागुन १७, २०७५

    काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन्।

    अर्थमन्त्री खतिवडाले सरकारले किसानको माझमा सेवा र सुविधा पु¥याउन कृषिसम्बन्धि सम्पूर्ण कार्यक्रम र त्यसका लागि आवश्यक जनशक्ति र बजेट स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको पनि स्पष्ट पारे।

    काठमाडौंमा आयोजना गरिएको साना किसान सम्मेलनमा बोल्दै उहाँले स्थानीय तहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि सन्तुलित ढंगले अघि बढाउनुपर्ने पनि स्मरण गराए। स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिहरुले पूर्वाधारको विकास गर्ने तर उत्पादनमा जोड नदिने हो भने पूर्वाधार विकासबाट पनि प्रतिफल लिन नसक्ने अर्थमन्त्री खतिवडाको भनाइ छ।

    अर्थमन्त्री खतिवडाले विगतमा किसानहरुको घरदैलोमा सेवा, सुविधा नपुगेपछि सरकारले कृषिसम्बन्धि सबै कार्यक्रम र बजेट स्थानीय सरकारले नै परिचालन गर्ने योजना, नीति तथा कार्यक्रम तय गरेको पनि उल्लेख गरे।

    अर्थमन्त्री खतिवडाले कृषिउपजको उपयोगका लागि सरकारले न्यून पारिश्रमिक भएका कर्मचारीहरुको तलव वृद्धि गरि दिएको पनि बताए।

    बिहीबारबाट सुरु भएको सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको छ।

    सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह–आयोजकका रुपमा रहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]