काठमाडौं : एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ। मिलानोमा भएको राति भएको खे...
काठमाडौं : पोखरामा जारी १७ औँ आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि विभागीय टिम नेपाल आर्मी र थ्रीस्टार क्लब भिड्ने भएका छन्।
फाइनल खेल पोखरा रंगशालामा शनिबार दिउँसो ३ बजेपछि सुरु हुनेछ। सेमिफाइनलमा आर्मीले क्यामरुनी टोली दाउफिन्स र थ्रीस्टारले विभागीय टिम एपीएफलाई पराजित गर्दै आपसी उपाधि भिडन्त पक्का गरेका हुन्।
आर्मी पहिलो पटक उपाधि जित्ने दाउमा छ। सातौँ, आठौँ र १४औँ संस्करणमा फाइनलसम्म पुगेपनि आर्मीले तिनैपटक उपविजेतामा सीमित भएको थियो । थ्रीस्टारले यो प्रतियोगिताको उपाधि चारपटक जितिसकेको छ।
सहारा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद आठ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले भने चार लाख एक हजारमा चित्त बुझाउनु पर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।