खेलकुद

‘प्रधानसेनापति खुला म्याराथन’को उपाधि आर्मीका बस्नेतलाई

फागुन १८, २०७५

    चौथो संस्करणको 'प्रधानसेनापति खुला म्याराथन'को उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन्। 

    उनले आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन्। कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे। त्यस्तै दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गरेका थिए। 

    आर्मीकै खगेन्द्र भाट चौथो, विनोद सिजापति पाँचौँ, सविन तामाङ छैटौँ र भीम गुरुङले सातौँ भए। उपाधिसँगै कृष्णले एक लाख २५ हजार रुपैयाँसहित मोटरसाइकल प्राप्त गरे। दोस्रो भएका राजनले ६५ हजार र तेस्रो भएका नवराजले ३५ हजार रुपैयाँ  प्राप्त गरे। यसैगरी हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै कल्याण बानियाँ पहिलो भए। उनले निर्धारित दूरी एक घण्टा छ मिनेट ३१ सेकेण्डमा पूरा गरे। दोस्रो भएका गजेन्द्र राईले एक घण्टा छ मिनेट ३८ सेकेण्ड र तेस्रो भएका टीकाराज कटवालले एक घण्टा सात मिनेट २३ सेकेण्डमा दूरी पार गरे। 

    महिला हाफ म्याराथनमा आर्मीकी विश्वरुपमा बुढाले उपाधि जितिन्। उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट २० सेकेण्डमा पार गरिन्। त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ)की  बिन्दा देसार दोस्रो भएकी छिन्। उनले निर्धारित दूरी एक घण्टा २६ मिनेट १२ सेकेण्डमा पार गरिन भने तेस्रो भएकी आर्मीकी चन्द्रा रावतले एक घण्टा २१ मिनेट ३२ सेकेण्डमा पार गरिन्। 

    दुवै स्पर्धाका विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले  २५ हजार रुपैयाँ प्राप्त गरेका थिए। पुरुष ४५ वर्षमुनि आर्मीका कल्याण बानियाँ पहिलो, आर्मीकै गजेन्द्र राई दोस्रो र आर्मीकै टिकाराज कटवालले तेस्रो स्थान हात पारे। हाफ म्याराथनको महिला र पुरुषतर्फको बिजेताले समान ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रूपैयाँ हात पारे। त्यस्तै ४५ वर्षमाथि धर्म महर्जन पहिलो, भीम गुरुङ दोस्रो र भीमसेन अवालेले तेस्रो स्थान हात पारे। विजेताले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रूपैयाँ हात पारे । विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कृत गरे।

    म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई च्याम्पियन बनेका थिए। दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो संस्करणमा आर्मीकै कृष्णा बस्नेत च्याम्पियन बनेका थिए। योसँगै बस्नेत दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्। सोही अवसरमा सेनाले आर्मीका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो।

    सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भण्डारी, पारा एथलेटिक्सका विक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ थिए। उनीहरूलाई जनही २५ हजार रुपैयाँ ताम्रपत्रद्वारा सम्मान गरिएको थियो। जङगी अड्डाबाट शुरु भएको दौड त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने हुँदै भक्तपुर सूर्यविनका पुगेर पुनः जङगी अड्डमै आएर सम्पन्न भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]