काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न गठित विभिन्न उपसमितिले आ-आफ्नो कार्यसम्पादन पूरा गरेको जनाएको हो। कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक-एक लाइन, जयवागेश्वरी इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाइन, बत्तीसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिंगलास्थान सुमार्गी भवनअगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक लाइन गरी बाहिरी रूपमा तीन स्थानबाट दर्शनका लागि लाइनहरू राख्ने तयारी गरिएको छ। आवस्यक परेको अवस्थामा भक्तालुको उपस्थिति हेरेर तीलगंगा राममन्दिर तर्फबाट समेत एक लाइन राख्न सकिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।
शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षा देखिएको सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउट समेतका गरी ५ हजार स्वयसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र वेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ। कोषले भक्तजनहरूको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रशारका लागि आठ वटा उपमिति गठन गरेको छ। दर्शनलाई सहज हुने गरी कैलाशमुनि, भुवनेश्वरी, बज्रघर, राममन्दिरलगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाइने भएको छ। सवारी पार्किङका लागि तीलगंगा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाव, गौशाला, सिफल, गुहेश्वरी पारी गरि ५ स्थान तोकिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।