समाज

गुडिरहेको ट्याक्टरबाट खस्दा सहचालकको मृत्यु

फागुन १८, २०७५

    दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका १३ बराखुटीमा गुडिरहेको टयाक्टरबाट खस्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ बुटनियाँ निवासी करिब २५ वर्षीय जीतबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    बराखुटीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ त २६३३ नम्बरको टयाक्टरमा बसेका चौधरीको गुडिरहेको टयाक्टरबाट खसेलगत्तै टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]