काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
पोखरा : पोखरा महानगरपालिकाको गौरीघाट नजिकै फेवातालमा एक युवतीको शव भेटिएको छ। उक्त शव कास्कीकै अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीकी १९ वर्षिया दिब्या अधिकारीको रहेको प्रहरीले जनाएको छ।
तालमा शव तैरिरहेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए। युवतीको शव अहिले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको एसपी रानाले जानकारी दिए।
युवतीको हत्या भएको हो वा आत्महत्या भएको हो अनुसन्धानपछि खुल्ने उनले बताए। युवतीको साथमा स्कुटरको चाबी भेटिएको र उनको शव नजिकै एउटा स्कुटर पनि भेटेको प्रहरीको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।