काठमाडौँ : निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा ११८ वटा राजनीतिक दल छन्। संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा...
काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन्।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताए।
‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको छु,” विज्ञप्तिमा भनिएको छ।
सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र उहाँको परिवारजनप्रति समवेदना व्यक्त गरेकाछन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौँमा निधन भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।