समाज : सुरक्षा/अपराध

महाशिवरात्रिमा पशुपति जाने सजिलो बाटो र पार्किङ

फागुन १९, २०७५

    काठमाडौं : सोमबारदेखि लाग्ने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै प्रहरीले आइतबारबाट नै पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ। नेपाल प्रहरीले तीन हजारभन्दा बढी प्रहरी पोशाक र त्यतिकै संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

    महाशिवरात्रिलाई मध्यनजर गरेर शसस्त्र प्रहरीलेसमेत एक हजार भन्दाबढी सशस्त्र प्रहरी परिचान गर्ने शसस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पशुपति दर्शन गर्ने दर्शनार्थीलाई व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। त्यस्तै पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा लगायत नशालु पदार्थ पूर्ण रुपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको बोगटीले बताए।

    दर्शनका क्रममा असहज भएका दर्शनार्थीको लागि ठाउँठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्स लगायतको सेवाको लागिसमेत टोली खटाइएको प्रहरीको भनाइ छ। दर्शनका क्रममा दर्शनार्थीमाथि दुर्व्यवहार गर्ने, पाकेटमारीको सम्भावना हुने भन्दै प्रहरीले सादा पोशाकका महिला प्रहरीसमेत परिचाल गरेको छ।

    सोमबार हुने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधुसन्तसमेत आइसकेका छन्। यस वर्ष शिवरात्रि मेलामा १० लाख भन्दा बढी दर्शनार्थी आउने अनुमान पशुपति विकास कोषको छ। 

    यस्तो छ ट्राफिक व्यवस्था

    शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुपमा पूर्ण रुपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। रोक लगाएका स्थानहरुमा चावहिलबाट गौशाला तर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ त्यस्तै सिफल चौरबाट जगबागेश्वरी तर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्क तर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ, तिलगंगाबाट गौशला तर्फ लागायत रहेका छन्।

    हेरौँ पूर्ण जानकारी

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]