धादिङ : रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको ...
कालिकोट : योगी नरहरिनाथको १०५औँ जन्मजयन्ती हजारौँको उपस्थितिमा भव्य रूपमा मनाएका छन्। योगीको जन्मथलो नरहरिनाथ गाउँपालिका–८ लालुमा मनाइएको हो। पहिलो पटक गाउँपालिकाको आयोजनामा योगी नरहरिनाथ जन्मजयन्ती मनाइएको हो।
जन्मजयन्तीमा योगी नरहरिनाथका ऐतिहासिक लेख, कविता, गीत, खोज अनुसन्धान, विश्व मानव कल्याण र शान्तिको लागि खेलेको योगदानका विषयमा चर्चा गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘योगीका योगदानका विषयमा खोज अनुसन्धान हुन आवश्यक रहेको छ’ उनले भने, ‘योगीले देशका लागि गरेको योगदानलाई कहिल्यै पनि बिर्सन सकिदैन्।’
योगीको सम्झना गरिएको जन्मजयन्तीमा हजारौं मानिसहरू सामेल भएको र त्यो अवसरमा गीत, साहित्य तथा विविध कार्यक्रम गरि मनाइएको नरहरिनाथ गाउँपालिका ९ स्थित जनप्रभात माध्यमिक विद्यालय लालुका प्रधानाध्यापक निर्मलकुमार विष्टले बताए। ‘जन्मजयन्तीमा स्थानीय कलाकारले विभिन्न नृत्य प्रस्तुत गरेका थिए’ उनले भने, ‘आगामी वर्षमा नियमित जन्मजयन्ती बनाउने योजना रहेको छ।’
को हुन् नरहरिनाथ?
योगी नरहरिनाथ विसं. १९७१ कालिकोट जिल्लाका नरहरिनाथ गाउँपालिका ८ लालुमा जन्मिएका हुन्। विसं. २०५९ सालमा काठमाडौं पशुपति मृगस्थलीमा उनको मृत्यु भएको थियो। योगी अध्यात्मिक, इतिहासकार हुन। आजीवन अन्वेषक रहेका योगीका थुप्रै पुस्तकहरू बजारमा आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।