समाज

'चीनबाट गाई होइन प्रविधि ल्याउनुपर्छ'

फाइल फोटो
फागुन २०, २०७५

    चितवन : प्रदेश ३ सरकारले चीनबाट उन्नत जातको गाई ल्याउने भएपछि विभिन्न संघ संस्थाले त्यसको विरोध गरेका छन्। व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका अध्यक्ष आनन्द न्युरेले थाहा खबरसँगको कुराकानीमा  कडा आपत्ति जनाएका छन्।

    ३५ लिटर दूध दिने उन्नत जातको गाई ल्याउनेबारे प्रदेश सरकारले चिनियाँ पक्षसँग केहिदिन अघि गरेको सम्झौताको कडा विरोध गरेका हुन्। समाजका अध्यक्ष न्युरेले नेपालमै पनि नस्ल सुधार गरी उन्नत जातका गाई उत्पादन भइरहेकाले विदेशबाट ल्याउन आवश्यक नरहेको बताएका छन्। उनले गाईभन्दा प्रविधि ल्याउनुपर्नेमा जोड दिएका छन्। 

    न्युरेले नेपालमा २०४५ सालदेखि विदेशबाट उन्नत जातको गोरुको विज ल्याएर नेपाली गाईमा गर्भाधान गराई उन्नत गाई उत्पादन गरीरहेकाले बाहिरबाट ल्याउन आवश्यक नरहेको बताए। एउटा गाईलाई ४ लाखसम्म खर्चेर ल्याउनुभन्दा यहीँका गाईपालक किसानलाई अनुदान दिए थोरै खर्चमा दुधालु गाई तयार हुने उनको भनाइ छ। नस्ल सुधार गरिएका एक माउ गाई बराबर २५ हजार अनुदान दिए त्यसको बाच्छीलाई स्याहार पुग्ने र धेरै दूध दिने गाई उत्पादन हुने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने निउरेले बताए। कृषकलाई दिने सरकारी अनुदान झारो टार्ने खालको भएको उनको गुनासो छ।

    निउरे आफैँ विगत १५ वर्षदेखि गाई पाल्दै आएका छन्। उनका गाई फाममा २५ माग गाई, २५ बाच्छी रहेको छ भने दैनिक एउटा गाईले १४, १५ लिटरसम्म दूध दिने गरेको अनुभव सुनाउँछन्। सरकारले स्वदेशमा के कस्तो अवस्था छ भन्नेबारे पर्याप्त अध्ययन नै नगरी हचुवाको भरमा गरेको निर्णय आत्माघाती हुने उनको तर्क छ। सरकारको यो निर्णयले यो क्षेत्रनै धराशायी हुने चिन्ता व्यक्त गरेका छन्। करोडौँ खर्चिएर ल्याएको गाई बचाउन गाह्रो पर्ने भन्दै उनले भने विगतमा पनि भारत लगायतका स्थानबाट ल्याइएका गाई बाँचेनन्।

    गाईभन्दा प्रविधि भित्राउनुपर्नेमा जोड दिँदै निउरेले विदेशबाट बीज ल्याएर गाई आवश्यकताअनुसार यहीँ उत्पादन गर्न सकिने बताए। उनका अनुसार भारत, न्यूजिल्याण्ड, डेनमार्क, अमेरिका लगायतका मुलुकबाट उन्नत जातका गोरुको विज ल्याउने गरीएको छ। एउटा विज ल्याउन करिब ६ हजार नेपाली रुपैँया खर्च हुने गरेको छ।

    सस्तोमा नेपालमै उन्नत जातका गाई तयार हुने अवस्था रहँदा पनि सरकारले नजिकको तीर्थ हेला भनेजस्तो किसानलाई वास्ता नगरेको अध्यक्ष निउरको गुनासो छ। चितवन दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किसोर वगालेले स्वदेशमै उत्पादन भएका दूधले मूल्य नपाइरहेको अवस्थामा करोडौँ खर्चिएर गाई ल्याउने सरकारको निर्णयको अर्थ नरहेको बताए। उनले गाईको साटो प्रविधि भित्र्याएर यहीँ भएकालाई व्यवस्थित बनाउँदै गए दूधमा, उन्नत गाई उत्पादनमा आत्मनिर्भर रहेको जिकिर गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]