इलाम : इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्र...
विराटनगर : तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङमा भएको आगलागीमा १ युवतीको जलेर मृत्यु भएको छ। आगलागीमा परी १ महिला घाइते भएकी छन्।
मंगलबार बिहान ६ बजेर २० मिनेटमा स्थानीय राममाया कार्कीको काठको बेरा र टिनको छाना भएको दुई तले कच्ची घरमा अचानक आगलागी हुँदा २० वर्षीय सम्झना कार्कीको जलेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।
आगलागीमा परी राम माया कार्की आगोले जलेर घाइते भएकी छन्। घाइतेलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा विहान ७ वजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट करिव १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।