समाज

सुदूरपश्चिममा छैन आमा सुरक्षा कार्यक्रमको रकम

फागुन २१, २०७५

    डडेल्धुरा : सुदूरपश्चिममा रहेका ८८ वटा स्थानीय तह मध्ये ८७ स्थानीय तहमा सुत्केरी भत्ता रकम सकिएको छ। सुदूरपश्चिम प्रदेशका वर्थिङ सेन्टरमा आमा सुरक्षा कार्यक्रमको रकम अपुग भएको डडेल्धुरा सदरमुकाममा आयोजित नगरपालिका-गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकहरूलाई पूर्ण खोप दिगोपनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको थियो। 

    स्वास्थ्य संस्थामा चार पटक गर्भवती जाँच गरी सकेपछि सुत्केरी हुँदा सरकारले दिने गरेको रकम आमा सुरक्षा कार्यक्रमलाई रकम अपुग भएको हुँदा सरकारले गरेको घोषणाअनुसार सुत्केरी आमाले रकम पाउन सकेका छैन। सुदूरपश्चिमका ८८ वटा स्थानीय तह मध्ये ८७ स्तानीय तहमा कार्तिक यता रकमको अभाव भएको जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए।

    अनुमानित रुपमा थोरै मात्र रकम आमा सुरक्षा कार्यक्रममा छुटाइने भएकाले कार्तिक-मंसिरमा नै रकम सकिएको उनले बताए। डडेल्धुराको अमरगढी नगरपालिकासँग मात्रै आमा सुरक्षा कार्यक्रमको रकम छ। उनले भने, ‘अमरगढी नगरपालिकामा दुई वटा मात्रै वर्थिङ सेन्टर भएकाले आमा सुरक्षा कार्यक्रम अन्तर्गतको रकम जगेडा छ।’

    सदरमुकाम डडेल्धुरामा साविकको उपक्षेत्रीय अस्पताल हालको डडेल्धुरा अस्पताल रहेकाले अधिकांश सुत्केरी अस्पतालमै हुने तथा अस्पताल भएकै कारण नगरपालिकामा दुई वटा मात्रै वर्थिङ सेन्टर भएकाले अमरगढीसँग मात्रै आमा सुरक्षा कार्यक्रम अन्तर्गतको रकम भएको उनले बताए। स्थानीय तहले सुत्केरी हुने आमाको अनुमानित आधारमा आमा सुरक्षा कार्यक्रमका लागि बजेट विनियोजन गर्ने भएकाले पहिलो तथा दोस्रो चौमिक नसकिदै रकम अपुग भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए। 

    स्थानीय तहहरूले निर्णय गरी आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी भएका आमाहरूले पाउन बाँकी रकम र चालु आर्थिक वर्षका लागि पर्याप्त रकम राख्न सक्ने उनले बताए। ‘वर्षमा कति आमाले बच्चा जन्माउँछन् भन्ने आंकलन गर्न त्यति सजिलो छैन।’ निर्देशक डा.अवस्थीले भने, ‘यस कारण ८८ मध्ये ८७ वटा स्थानीय तहमा यो कार्यक्रमका लागि विनियोजन गरेको रकम अपुग भएको हो।’ 

    यद्यपि, कुन स्थानीय तहमा कहिलेदेखि रकम अभाव भएको हो भन्ने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा तथा स्वास्थ्य निर्देशनालय डोटीसँग पनि सत्य तथ्यांक छैन। कुन स्थानीय तहमा कति सुत्केरी भएका आमाले रकम पाउन बाँकी छ भन्ने एकिन तथ्यांक प्राप्त भइ नसकेको डा.अवस्थीले बताए। स्थानीय तहसँग सबै तथ्यांक भए पनि जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराउन बाँकी रहेको भागेश्वर गाउपालिका स्वास्थ्य संयोजक मानबहादुर साहुले बताए।

    भागेश्वर गाउँपालिकामा मंसिरयता सुत्केरी भएका आमाले आमा सुरक्षाकार्यक्रमअन्तर्गत पाउने भत्ता पाउन सकेका छैनन्। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरू गरी फरक-फरक रकम निर्धारण गरी सुत्केरी आमालाई यातायात र पोषण खर्च भनी भत्ता दिइँदै आएको थियो। यसमा स्थानीय तहहरूले आफ्नो अलग्गै निर्णय गरी केही रकम थप गरी दिने गरेको जनाए पनि सुदूरपश्चिमका ८७ वटा स्थानीय तहमा रकम सकिएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]