काठमाडौँ : राष्ट्रिय राजनीतिमा भीम रावल एउटा चिरपरिचित नाम हो। राष्ट्रिय हित प्रतिकूलका मुद्दामा खरो रुपमा उत्रिने छवि बनाएका उनी...
कञ्चनपुर : प्रधान्मन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रशंसा गरेका छन। उनले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका हुन।
नेपाल प्रेस युनियनद्वारा बुधबार भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले भने, 'नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन।'
प्रधानमन्त्री ओलीको नाराको प्रशंसा गरेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सरकार हिँडेको बाटोले समृद्धिको लक्ष्यमा भने नपुर्याउने भन्दै आलोचना पनि गरे। उनले देशमा लागू भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट भएको बताउँदै लामो समयपछि देशले पाएको उपलब्धिलाई संस्थागत गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।