समाज

हनुमन्ते सफाइको एक वर्ष पूरा

फागुन २३, २०७५

    भक्तपुर :  हनुमन्ते नदी सरसफाइका लागि सुरु गरिएको हनुमन्ते सरसफाइ अभियान एक वर्ष पूरा भएको छ। अभियन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा केक काटेर वार्षिकोत्सव मनाइएको छ।

    प्रदेश ३ का प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख तथा सफाइ अभियानकी उपसंयोजक जुना बस्नेतलगायतको उपस्थिति रहेको थियो। 

    वार्षिकोत्सवमा कौशलटारदेखि गठ्ठाघरसम्मको अरनिको राजमार्ग सफाइ गरिएको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए। प्रतिनिधिसभा सदस्य एवम् पूर्वउद्योग मन्त्री महेश बस्नेतको पहलमा सुरु भएको हनुमन्ते सफाइ अभियानले ५३औं सातासम्म आइपुग्दा करिब दुई हजार टन फोहोर संकलन गरिएको छ।

    ५३औं सातासम्म हनुमन्ते सफाइ अभियान नदी र अरनिको राजमार्ग सफाइमा नभएर संस्कृतिक सम्पदा र सडकमा फोहोर गर्नु हुँदैन भन्ने अभियान पनि चलाएको छ। ५१ साताको कार्यक्रमलाई पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले पनि सफाइ अभियानको प्रशंसा गर्दै यसले पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]