खेलकुद

पाँचौं साफ : निरू थापाको कप्तानीमा नेपाली टोली छनोट

फागुन २३, २०७५

    विराटनगर : विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनोट भएका छन्। बिहीबार खेलाडी छनौट गरिएको हो।

    साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए। प्रशिक्षक खड्काका अनुसार निरू थापाको कप्तानीमा नेपाली टोली मैदान उत्रिने छन्।  नेपालले पहिलो खेल भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

    अहिले नेपालबाट एन्जिला तुम्बाबको सुब्बा, अजन राना मगर र उषा नाथ गरि ३ जना गोप किपर  छन्। त्यस्तै, गीता राना, पुनम जर्गामगर, अमृता जैसी, मनमाया लिम्बू, हिरा कुमारी भुजेल, पूजा राना, कविता धिमाल, र दीपा राई गरी ७ जना डिपेन्टर छन्। यसैगरि, रेणुका नगरकोटी, सरू लिम्बू, अनिता बस्नेत, मन्जली योन्जन, सर्मिला थापा मगर, गरी ६ जना मिट फिल्डर छन्। त्यसैगरी,  रेखा पौडेल, सावित्रा भण्डारी, अनिता केसी र निरु थापा गरि ५ जना फरवर्ड छन्।

    नेपाली महिला राष्ट्रिय टोली अहिले विराटनगरस्थित डिएभी स्कूलको खेल मैदानमा अभ्यासरत छन्। गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रर्दशन गर्दै उपविजेता बनेको टोली उच्च मनोबलमा छ। सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ। मुख्य प्रशिक्षक खड्का अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रर्दशन हुने दाबी गर्छन्। भारतमा भएको खेलका कमजोरीलाई सच्याउँदै साफ च्याम्पियनसिपमा जित्ने लक्ष्य रहेको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]