छापा

प्रदेश गएनन् निजामती कर्मचारी

फागुन २५, २०७५

    काठमाडौं : कर्मचारी समायोजनमा तीन महिना खटिएका सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु बिहीबार फूर्तिसाथ भन्दै थिए, ‘कर्मचारी समायोजन सिध्याउन लागें।’

    संघ, प्रदेश र स्थानीय तहमा बिहीबारसम्म समायोजन भएका कर्मचारीको तथ्यांक भने समायोजन महाशाखा प्रमुख पनेरुले भनेजस्तो उत्साहजनक छैन। तीन तहमा समायोजन भएका ५३ हजार ६१२ कर्मचारीमध्ये अधिकांश अर्थात् ३४ हजार ७६३ कर्मचारी संघमै रहेको समाचार कान्तिपुर दैनिकमा छ।

    समायोजन फारम भर्न दिइएको म्यादभित्र ७७ हजार ३४ जनाले फाराम भरेका थिए। जसमा सरकारी सेवाका ७५ हजार ३६७ र अन्य सेवाका एक जार ६६७ जना थिए। राष्ट्रिय किताबखानामा भने कर्मचारी संख्या ८९ हजार छ। निजामतीबाहेक करिब २७ हजार स्वास्थ्य सेवाका कर्मचारी छन्। पनेरुका अनुसार निजामती सेवाका ६१ हजार कर्मचारी मात्र समायोजन गर्नुपर्ने देखिन्छ। मन्त्रालयका अनुसार प्रदेशमा आठ हजार १५५ र स्थानीय तहमा आठ हजार ५४७ जना मात्र समायोजन भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]