काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
एक पर्यटकको अवस्था अज्ञात
मनाङ : अन्नपूर्ण पदमार्गबाट १६ दिनअघि हराइरहेकामध्ये एकजनाको शव फेला परेको छ।
टुरिष्ट गाइड अजय ढकालको शव मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत ढिकुरपोखरी नजिकको क्याङली भिरमा शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यलय चामे मनाङका प्रहरी निरीक्षक श्रवेन्द्रकुमार विकले जानकारी दिए। ढकालसँगै रहेका हल्याण्डका नागरिक डोलोमा डेसिलेन्टको अवस्था भने अज्ञात छ।
ढकालको शव उनका दाइले पहिचान गरेका हुन्। उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरबाट शनिबार नै काठमाडौं लगिँदैछ।
हराएका डेसिलेन्टको भने खोजी जारी रहेको प्रहरी निरीक्षक विकले बताए। हुम्डे प्रहरी चौकी हुम्डे मनाङले माथिल्लो बेल्ड, पिसाङ, ङावोल र घ्यारुलगायतठाउँमा खोजी भइरहेको विकले बताए।
थोरङ पासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदर पुगेर फर्किने क्रममा उनीहरू फागुन ९ गते ढिकुरपोखरी नजिकबाट हराएका थिए। उनीहरू हिमपहिरोमा परेको अनुमान गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।