खेलकुद

माईभ्याली गोल्डकप आजदेखि : आयोजक र युनाइटेड दार्जिलिङ भिड्ने

फागुन २६, २०७५

    इलाम : पूर्वी पहाडको सर्वाधिक राशीको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पाँचौ संस्करण आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगिता इलाम सदरमुकाम इलाम बजारमा रहेको ठूलो टुडिखेलमा अपराह्न ३ बजे सुरु हुने आयोजकले जनाएको छ। 

    प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली भारतको दार्जिलिङ युनाइटेडको सामना गर्दैछ। प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने तय भएको आयोजकले जनाएको छ।

    २०७१ सालदेखि सुरु भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबसहित पहिलो संस्करणको विजेता विभागीय टोली त्रिुभवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्बल, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा, हिमालयन शेर्पा, दाफिन्स क्लब क्यामरुन, नेप्लिज फुटबल एकेडेमी हङकङ, युनाइटेड दार्जिलिङ र आयोजक माईभ्याली फुटबल क्बल सहभागी छन्।

    माईभ्याली गोल्डकपमा आयोजकको प्रदर्शन खासै सम्झनलायक छैन। गत संस्करणमा कास्की–११ लाई ३–२ गोल अन्तरले हराउँदै क्वाटरफाइनल पुगेको आयोजकमाथि लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले १–० गोल अन्तरको संर्घषपूर्ण जित निकालेको थियो। 

    गोल्डकपको पहिलो संस्करण आर्मीले जितेको थियो। दोस्रो र तेस्रो संस्करण मोफसलको सफल मानिएको टिम झापा–११ ले जितेको थियो। चौथो संस्करणमा मनाङ मस्याङदीलाई हराउँदै थ्रीस्टारले उपाधि आफनो पक्षमा पारेको थियो। प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पुरस्कार प्राप्त गर्नेछन्।    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]