राजनीति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधीकारीलाई कारबाही गर्नुपर्ने निष्कर्ष

फागुन २६, २०७५

    काठमाडौंः संसदीय समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने निष्कर्ष निकालेको छ।

    संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले आईतबार समितिमा पेश गरेको अध्ययन प्रतिवेदनमा जथाभावी निर्णय लिएको आंंैल्याउँदै सो प्रतिष्ठानका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने उल्लेख गरिएको हो।

    प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देेशन तथा ऐन, कानुनको समेत पालना नगरी जथाभावी काम गरेकाले कार्वाही गर्नुपर्ने निष्कर्षसहितको अध्ययन प्रतिवेदन समितिमा बुझाइएको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी गराए।

    उपसमितिले स्थलगत रुपमा अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सिनेटको निर्णय अनुसार सो प्रतिष्ठानले नियमावली समेत नबनाई कर्मचारी नियुक्ती गरेको पनि उल्लेख गरिएको छ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी ढंगले कर्मचारी नियुक्त गर्नेलगायतका काम गरेको जनगुनासो बढेपछि समितिले सो सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको हो। उपसमितिले विना कानुनी आधार कर्मचारी नियुक्त गर्ने, नयाँ प्राध्यापकहरु राख्ने लगायतका गैरकानुनी काम प्रतिष्ठानका पदाधिकारहरुबाट भएको निष्कर्ष सहितको प्रतिवेदन समितिलाई बुझाएको छ।

    प्रतिवेदनमा सरकारको निर्देशनको समेत सो प्रतिष्ठानले पालना नगरेकोमा आपत्ति जनाइएको छ। समितिकी सभापति जयपुरी घर्तीले उपसमितिले तयार पारेको सो प्रतिवेदनमाथि अध्ययन गरी समितिले सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने जानकारी दिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]