राजनीति

फलफूल बाँडेपछि रवीन्द्रका छोराले भने - ‘माथि’ बाबा पनि खुसी हुनुभयो होला

फागुन २६, २०७५

    पोखरा : आइतबार संस्कृति तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको १२ औँ दिन पूरा भयो। १२ औँ दिनमा परिवारले निधन पछिको सबै कामकाज पनि सिध्यायो।

    हिन्दू धर्मअनुसार चोखियो । बाबुको निधनपछि रबिन्द्रका कान्छा छोरा स्वराज आफ्ना काका र फुपुको साथमा पोखरा– १७ विरौटामा रहेको श्रमिक वालवालिका सम्पर्क केन्द्रमा पुगे।

    पूर्व निर्धारित कार्यक्रम भएकाले केन्द्रको ब्यवस्थापन समितिले स्वर्गिय अधिकारीको फोटो राखेर छेवैमा अगरवत्ति जलाएको थियो। काका र फुपुको साथमा त्यहाँ पुगेका स्वराजले बाबुको फोटोको देख्ने वित्तिकै दर्शन गरे। ‘सबैलाई नमस्कार म स्वराज’  उनले भने। 

    स्वराजकै इच्छामा परिवारका सदस्यले विरौटा पुगेर केन्द्रलाई नगद पाँच हजारसहित फलफुल, जुसका साथै खाद्यन्नहरु वितरण ग¥यो। स्वराजले आफ्नै हातले केन्द्रमा रहेका करिब २० जना वालवालिकाहरुलाई आफैँले जुस हातहातमा बाँडे। सबैलाई नाम पनि सोधे।  बाबाको आत्माले शान्ति पाओस भनेर आफुले सहयोग गरेको उनले बताए।

     

    ‘बाबाले सहयोगी बन्नुपर्छ है भन्नुहुन्थ्यो,’ स्वराजले थाहा खबरसँग भने, ‘आज मैले बाबाको आत्माले नै शान्ति पाओस भनेर यहाँ सहयोग गरेको हुँ। आज मैले सहयोग गर्दामाथि बाबा पनि खुसी हुनुभयो होला।’

    बाबालाई यसरी सहयोग गरेको मन पर्ने भन्दै उनले बाबाले भनेको कुरा र गरेको कुरा आफुले पनि गरेको प्रतिक्रिया दिए। स्वराजले सहयोग गरेको उक्त कार्यक्रममा पोखरा १७ स्थित विरौटाका स्थानीयहरु उपस्थित भएका थिए। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]