समाज

विद्यार्थी मृत्यु प्रकरण : सहमतिपछि राजमार्ग सुचारु

फागुन २६, २०७५

    बैतडी : ग्रेडरले किचेर बैतडीको पाटनमा एक विद्यार्थीको मृत्यु भएपछि आइतबार बिहानदेखि बन्द रहेको  दशरथचन्द राजमार्ग दिउँसोबाट सुचारु भएको छ। शनिबार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो। दोषीलाई कारवाहीको माग गर्दै आफन्त र विद्यार्थीहरुले आइतबार बिहानैदेखि सडक बन्द गराएर आन्दोलन गरिरहेका थिए। पीडित पक्ष र निर्माण कम्पनीबीच पीडितलाई क्षतिपूर्ती बापत १० लाख रुपैयाँ दिने सहमति भएपछि राजमार्ग सुचारु भएको हो।

    पीडित परिवारलाई  दिने भनिएको १० लाख क्षतिपूर्ती मध्ये दुई लाख तत्कालै उपलब्ध गराउने, मृतकका परिवारलाई पाटन नगरपालिकाले किरिया खर्च उपलब्ध गराउने, घाइते विद्यार्थीहरुको उपचार लाग्ने खर्च नगरपालिकाले व्योहर्ने, ग्रेडरले भत्काएको घर निर्माण कम्पनीले बनाउने सहमति भएको हो। घटनापछि फरार रहेका चालक रतन बुढालाई सात दिनभित्र सम्पर्कमा ल्याउन निर्माण कम्पनीले सहमति भएको छ।

    सहमति पछि पीडित पक्षले मृतकको शव बुझ्ने तयारी गरेका छन्। शवको पोष्टमार्टम पछि आफन्तलाई शव बुझाइने इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए। आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीय बासिन्दाले अबरुद्ध  राजमार्ग सुचारु भएपछि बैतडी तथा दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु र तराईबाट आएका गाडीहरु गन्तव्यतर्फ लागेका छन्।  

    यसअघि आन्दोलन उग्र बन्दै जाँदा आन्दोलनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको थियो भने स्थिति नियन्त्रणमा लिन प्रहरीले १८ राउण्ड हवाइफायर र १५ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो। आन्दोलनकारीको ढुंगा लागेर चार जना प्रहरी र प्रहरीको लाठीचार्जबाट तीन जना विद्यार्थीसमेत घाइते भएका थिए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]