समाज : सुरक्षा/अपराध

डडेल्धुराबाट लागुऔषधसहित नास्ता पसले पक्राउ

फागुन २६, २०७५

    डडेल्धुरा । डडेल्धुरा प्रहरीले लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदरमुकाम तुफानडाँडास्थित आरकेफास्ट फुड नास्ता पसलका सञ्चालक ३६ वर्षीय बहादुर सिंह खड्का रहेका छन्।

    चरेश आफ्नो पसलमा लुकाइछिपाइ राखी स–सानो प्याकेट बनाइ बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा आइतबार दिउँसो उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

    तीन सय ३५ ग्राम अवैध लागुऔषध चरेश लुकाइछिपाइ राखेको अवस्थामा फेला परेकोले उनलाई नियन्त्रणमा लिई कानुनबमोजिम मुद्दा दर्तापश्चात् डडेल्धुरा जिल्ला अदालत, डडेल्धुराबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    बरमाद लागुऔषध चरेश


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]