समाज : सुरक्षा/अपराध

लाजिम्पाटमा एक तेस्रो लिंगीको रहस्यमय मृत्यु

फागुन २७, २०७५

    काठमाडौं : लाजिम्पाटमा एकजना तेस्रो लिंगीको रहस्यमय मृत्यु रहेको छ। मृत्यु हुनेमा पोखरा स्थायी घर भइ हाल लाजिम्पाट बस्ने जीवन गुरुङ रहेका छन्। गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला पेरका थिए। गुरुङका आफन्तले भने जीवनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद घिमिरेका अनुसार जीवनका आफन्तले जीनवको हत्या भएकोभन्दै दरबारमार्गमा उजुरी दिएको  बताए। 

    उजुरीको आधारमा एक जनालाई नियन्त्रमा समेत लिएर अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए। पक्राउ पर्नेमा लाजिम्पाट बस्ने विदेश कार्की रहेका छन्। 'गुरुङको हत्या उनैले गरे वा कुनै अन्य कारणले मृत्यु भयो यसबारे गुरुङको पोस्टमार्टम रिपोर्टपछि मात्र थाहा हुन्छ,' घिमिरेले भने।

    यस्तो छ घटना

    प्रहरीका अनुसार तेस्रो लिङगीहरुको एक समुह शुक्रबार राति लाजिम्पाट क्षेत्रमा मादकपदार्थ सेवन गरेर बसिरहेका थिए। मादकपदार्थ सेवन गरेर बाटोमा उनीहरुले हल्ला गरेको सुनेपछि विदेश कार्की त्यहाँ पुगे। तेस्रो लिङगी र कार्की बिच बातविवाद हुँदै झगडा भयो। त्यसमा जीवन गुरुङ घाइते भए।

    आफुमाथि कार्कीले हातपात गरेर घाइते पारेको भन्दै गुरुङ शुक्रबार रातीि नै दरबारमार्ग प्रहरी वृत्तमा पुगेका थिए। कार्की भने फरार थिए। प्रहरीले घाइते गुरुङलाई शुक्रबार राति नै उपचारकालागि विर अस्पाताल पठाएको थियो।

    गुरुङ सामान्य उपचारपछि घर फर्किएको तर प्रहरीको सम्पर्कमा नआएको घिमिरेको भनाइ छ। गुरुङ आइतबार मृत अवस्थामा फेला परेपछि शुक्रबारको मौखिक उजुरीका आधारमा कार्कीलाई आइतबार पक्राउ गरेर अनुसन्धान भइरहेको तर घटनाबारे अहिले नै यही हो भन्न नसकिने घिमिरेको भनाइ छ। गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला परेका थिए। उनको कोठाको ढोकासमेत खुलै रहेको पहरीको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]