विश्व

मलेसियाका नयाँ राजाले पहिलोपटक गरे संसदमा सम्बोधन

फागुन २७, २०७५

    मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गरेका छन।

    राजाले सम्बोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरूलाई आह्वान गरेका छन।

    गत जनवरीमा देशको १६औँ राजाका रूपमा राज्यभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गरेका हुन।

    'बहुजातीय जनसंख्या भएको मुलुकमा सबै एकताबद्ध भयो भने त्यो निकै ठूलो शक्ति बन्न सक्छ', उनले भने।

    विषेश गरे विश्व अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी नयाँ प्रविधि र नयाँ आर्थिक अवसरहरूलाई उपयोग गर्ने तर्फ लाग्न उनले सरकारलाई सुझाव दिएका थिए। उनले भने, 'मलाई विश्वास छ, नयाँ धनी व्यक्तिहरू तयार पार्नका लागि सरकारले नयाँ उद्यमीहरू, नयाँ लगानीकर्ताहरू र नयाँ अन्वेषकहरूलाई प्रोत्साहन गर्नेछ।'

    अहिले चलिरहेका साना तथा मझौला उद्यमलाई पनि नयाँ प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा हुनेगरी बिस्तार र विकास गर्नुपर्नेमा नयाँ राजाले आफ्नो सम्बोधनमा जोड दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]