छापा

नेकपामा गृहमन्त्री थापाको अर्को गुट !

फागुन २८, २०७५

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ परेका छन्। पार्टीमा विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा पार्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन्।

    पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन्। तर, सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन्। त्यसैले थापा तानातानमा परेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

    नेकपा सचिवलायभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ। अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ। दुई गुट देखापरेपछि थापा एक्लै भए पनि निर्णायक देखिएका हुन्। अर्का अध्यक्ष प्रचण्ड ओली तथा नेपाल दुवै समूहसँग समदूरी सम्बन्धमा देखिए पनि भित्री रुपमा उनी नेपाल पक्षसँग नजिकिन चालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]