काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दावी गरेका छन्। बुधवार प्रतिनिधिसभा ...
काठमाडौंः शेयर बजार परिसूचक नेप्से २० अंकले बढेको छ। बजार मंगलबार २० अंकले बढेर ११ सय ६३ मा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि चार अंकले बढेर २ सय ४७ अंकमा पुगेको छ। शेयर बजारमा २० अंकको उछाल आउँदै गर्दा बजारमा ५० करोडको कारोबार भएको छ। कारोबार रकम सोमबारको तुलनामा १० करोडले धेरै हो।
बजारमा सबै परिसूचकहरु हरिया भएका छन्। शेयर बजार बढ्दा सिनर्जी पावरका लागानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। त्यस्तै सपोर्ट माइक्रो फाइनान्स र हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले पनि सबैभन्दा बढी कमाएका छन्।
बजारमा सबैभन्दा बढी सिटिजन्स म्युचुअल फन्ड र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।
बजारमा सबैभन्दा धेरै नेपाल क्रेडिट एन्ड कमर्श बैंक र माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।