राजनीति

पार्टी एकताका काम 'तु सक्न' अध्यक्षद्वयलाई प्रवक्ता श्रेष्ठको दबाब

फाइल फोटो
फागुन २८, २०७५

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले पार्टी एकीकरण कार्य छिटो टुंगोमा पुर्‍याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन।

    मंगलबार सामाजिक संजाल ट्विटरमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणमा ढिलाइ हुँदा लाखौं कार्यकता र कमिटी जिम्मेवारविहीन भएको भन्दै दुःख व्यक्त गरेका छन।

    नेकपा घोषणा भएको १० महिना पुग्न लाग्दा पनि सांगठनिक एकताको कार्य पुरा हुन नसक्नु र पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित नहुनु दुःखद भएको भन्दै श्रेष्ठले लेखेका छन्, ‘यो दुखःद र हानिकारक स्थितिको अन्तको लागि जे गर्नुपर्छ तु गरौँ।’

    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणका बाँकी काम सम्पन्न गर्न पूर्वएमाले र माओवादी नेताहरूबीच छलफल भइरहेको बताएका छन। उनले पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे पनि गहन छलफल भइरहेको बताएका छन। उनले अध्यक्षद्वयले एकीकरणको विषय छिटो टुंगोमा नपुर्‍याए अध्यक्षद्वयबाहेकका नेताले निर्णय लिन बाध्य हुने संकेत गरेका छन।

    नेकपा एकतामा भएको ढिलाइप्रति कार्यकतामा रहेको असन्तुष्टि पछिल्लो समय नेतृत्व तहमा पनि देखिन थालेको हो। केही समयअघि प्रवक्ता श्रेष्ठसहितका नेताहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सचिवालय बैठक नै बहिस्कार गरेका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई कुराएर अपमानित गरेको भन्दै सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठक बहिस्कार गरेका थिए।

    सरकार र सीके राउतबीचको सहमतिलाई लिएर नेकपामा तरंग पैदा भइरहेको बेला श्रेष्ठले गरेको ट्विटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]