विश्व

मुम्बईमा आकाशे पुल भत्कियो, छ जनाको मृत्यु ३० घाइते

चैत १, २०७५

    भारतको मुम्बईमा आकाशे पुल भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। 

    मुम्बईको रेल स्टेसन नजिकै पैदलयात्रीका लागि बनाइएको पुल भत्किँदा अन्य ३० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    छत्रपति शिवाजी स्टेसनको पुल बिहीबार स्थानीय समयअनुसार साँझ ७ः३० बजे भाँचिएको हो।  भारतको वाराणसीमा एक वर्षअघि यस्तै पुल भत्किँदा १८ जनाको मृत्यु भएको थियो ।

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भाँचिएर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]