समाज : सुरक्षा/अपराध

वडाध्यक्षको मोटरसाइकलमा आगजनी

चैत १, २०७५

    डडेल्धुरा :  डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा गएराति आगजनी भएको छ।

    अज्ञात समूहले गएराति करिब १२ बजे अध्यक्ष बिष्टको से.७ प.३६९० अस्थायी नम्बरको (वानटेस्ट) मोटरसाइकलमा आगजनी गरेको बेलापुर प्रहरी चौकी सेरी, डडेल्धराका प्रहरी सहायक निरिक्षक कर्णबहादुर सार्कीले जानकारी दिए।

    घरमै पाकिङ गरेको मोटरसाइक केही दिनअघि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको हो। अध्यक्ष बिष्टले कसैमाथि शंका नभएको बताएका छन्। नेपाल बन्दको दिन पनि दिनभर यातायात सञ्चालनमा रहेको नवदुर्गा गाउँपालिकामा विप्लवका कार्यकर्ता नै नरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]