अर्थ

लघु, घरेलु र प्राथमिकता प्राप्त कृषि क्षेत्रमा विदेशी लगानी ल्याउन नपाइने

चैत १, २०७५

    काठमाडौं : वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी व्यस्था गर्न बनेकाे विधेयकमा 'नेगेटिभ लिष्ट' बढाइएकाे छ। दफाबार छलफलकाे क्रममा उद्याेग समितिमा रहेकाे विधेयकाम पशुपंक्षी, दलहन, तेलहन, लघु तथा घरेलु उद्याेगमा लगानी भित्र्याउन नपाउनेकाे लिष्टमा राख्ने निर्णय गरिएकाे हो। 

    अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले समेत विधेयकमा गरिएकाे व्यस्था काटेर नेगेटि लिष्ट बढाउन सहमत गरेका हुन्। यसअघि लघु तथ घरेलु मत्स्य लगायतका विषय नेगेटिभ लिष्टमा नराखिएपछि साना व्यवसायीहरू त्रसित भएका थिए।

    उद्याेग मन्त्रालयका प्रतिनिधिले लघु उद्याेग २० लाखभन्दा तलकाे व्यवसायलाई भन्ने गरेकाे थिए। उनीहरूले न्यूनतम विदेशी लगानी ५० लाख रुपैयाँ भएकाेमा नेगेटिभ लिष्ट आवश्यक नपर्ने बताएका थिए। तर, स्वयं उद्याेगमन्त्रीले नेगेटिभमा राख्न आवश्यक रहेकाे औँल्याएका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]