राजनीति

न्यूजिल्याण्ड आक्रमण आतंकवादी भन्दै सरकारद्वारा निन्दा

चैत १, २०७५

    काठमाडौं : न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा शुक्रबार बिहान भएको गोलीकाण्डमा ४९ जना सर्वसाधारण मारिएको खबरबाट सरकार स्तब्ध भएको बताएको छ। अविवेकी आतंकवादी गतिविधि भएको भन्दै उक्त घटनाको सरकारले घोर निन्दा गरेको छ।

    न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ। साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    शुक्रबार बिहान १ बजेतिर न्युजिल्यान्डको क्राइस्टचर्च नजिकैका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना सर्वसाधारण मारिएका छन् भने २० जना घाइते भएको बताइएको छ।

    घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक संख्या बढ्न सक्ने बताइएको छ। न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले आजको दिनलाई कालो दिनको संज्ञा दिएकी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]