खेलकुद

साफ च्याम्पियनसिप : श्रीलंका सेमिफाइनल प्रवेश, माल्दिभ्स घर फर्कन बाध्य

चैत १, २०७५

    विराटनगर : पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा माल्दिभ्सलाई पराजित गर्दै श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ।

    श्रीलंकाले माल्दिभ्सलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो। पराजित भएसँगै माल्दिभ्सको अघिल्लो चरण प्रवेश समाप्त भएको छ। यसअघि बिहीबार भएको खेलमा पराजित भएको भुटान पनि घर फर्किसकेको छ।

    विराटनगरको शहीद रंगशालामा शुक्रबार भएको खेलको ४० औँ मिनेटमा श्रीलंकाकी चालानीकुमारी इकानायाकेले गोल गर्दै अग्रता लिएकी थिइन्। फ्रिकिकमा आएको बल माल्दिभ्सकी गोलकिपरले नियन्त्रणमा लिन नसक्दा चलानीले गोल गरेकी थिइन्। यस्तै खेलको ५० औँ मिनेटमा इकानायकले नै अर्को गोल गर्दै श्रीलंकालाई २ गोलले अग्रता दिइन्।

    श्रीलंकाको यो जितसँगैसाफ च्याम्पियनसिप फुटबलमा श्रीलंका, भारत, नेपाल र बंगलादेश सेमिफाईनलमा प्रवेश गरेका छन्। समूह ‘ए’ अन्तरगत नेपाल र बंगलादेशबीच भोली प्रतिस्पर्धा हुनेछ भने समूह बी अन्तर्गत भारत र श्रीलंकाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। दुवै खेलपछि समूह चरणको विजेता र उपविजेताको टुंगो लाग्नेछ।

    यसअघि भारतसँग भएको खेलमा माल्दिभ्स ६–० गोल अन्तरले पराजित भएको थियो। साफ च्याम्पियनसिप बन्नका लागि नेपाल, भारत र बंगलादेश यस पटकको उपाधि आफ्नो पोल्टामा पार्न कसरत गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]