काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
जुम्ला : जिल्लामा तीन हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ। स्याउबाट आत्मनिर्भर हुन सकिने भएकाले स्याउ खेतीमा किसानहरूको आकर्षण बढ्दो देखिएको हो। जुम्लाका १८ हजार घरधुरीमध्ये झण्डै १५ सय घरमा स्याउ बगैँचा रहेको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ।
प्रत्येक वर्ष जुम्लामा स्याउका बगैँचा बढ्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र जुम्लाका कृषि अर्थविज्ञ बालकराम देवकोटाले बताए। ३४ सय हेक्टर जग्गामा लगाइएको स्याउमध्ये ९५० हेक्टर जग्गामा रहेको स्याउ फल्ने गरेको उनको भनाइ छ। योसवर्ष मात्रै ५६ सय मेट्रिकटन स्याउ उत्पादन भएको देवकोटाले जानकारी दिए। उनका अनुसार हरेक वर्ष स्याउका बिरुवा बढ्दै गए पनि स्याउ उत्पादन घटेको बताए। यो वर्ष जुम्लामा स्याउबाट ३२ करोडको कारोबार भएको उनको भनाइ छ।
स्याउ फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन सोचेजस्तो हुन सकेको छैन। देवकोटाका अनुसार कृषकले स्याउ उत्पादन सम्बन्धी पर्याप्त ज्ञान, सीप तथा सामाग्री पाए पनि व्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको बताए। कतिपय स्याउ बगैँचामा बार बन्देज लगाउने कार्य हुन नसक्दा पनि स्याउ उत्पादन बढ्न सकेको छैन।
आर्थिक वर्ष २०६५\०६६ बाट ल्याएको एक घर एक बगैँचा कार्यक्रम अन्तर्गत जुम्लाका सबै जसो घरमा बगैँचा निर्माण भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।